बाढीपहिरोमा परी अहिलेसम्म ८ जनाको ज्यान गयो

काठमाण्डौ । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा विपदका घटनामा अहिलेसम्म आठ जनाको ज्यान गएको छ । पहिरोबाट पाँचथर, धनकुटा, काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौ र ललितपुरलगायत जिल्लामा मानवीय क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

केही बेपत्ता रहेका छन् । तर क्षतिको पूरा विवरण आउन बाँकी नै छ । यस्तै चार सयभन्दा धेरै नागरिक विस्थापित भएका र उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी ठाउँमा बाढीपहिरो लगायतका घटना भएका छन् । सबैजसो राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search