मकवानपुरको सिस्नेरीमा बाढीले ३० वटा घरटहरा बगायो, खानीखेतका २८ घर डुबानमा

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतका २८ घर डुबानमा परेका छन् । स्थानीयबासिन्दालाई सुरक्षित ठाउँमा राखिएको छ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search