काँक्रो टिपेको विवादमा धारिलो हतियार प्रहार गरी पुरुषको हत्या

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा एक महिलाले धारिलो हतियार प्रहार गरि पुरुषको हत्या गरेकी छन् ।शनिबार दिउँसो करिब साढे १२ बजेतिर चिचिला–४ मत्स्यपोखरीकी ४२ वर्षीय दुर्गामायाँ गुरुङले सोही ठाउँका धजे घर भएका ४५ वर्षीय भीमबहादुर गुरुङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

उनका अनुसार स्थानीय भीमबहादुरले दुर्गामायाँको बारीको काँक्रो टिपेर खाएको निहुँमा धारिलो हतियार प्रहार गरेको प्रारम्भिक जानकारी स्थानीयहरुबाट आएको र मृतकको साथमा आधा काँक्रो खाएको टुक्रासमेत रहेको डिएसपी बस्नेतको भनाइ छ ।

घटनाका बारेमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको शरीरको टाउकोलगायत शरीरका विभिन्न भागका धारिलो हतियारको चोट रहेको प्रहरीले जनाएको छ।डिएसपी बस्नेत आफै घटनास्थलमा पुगेका छन् । घटनाको बारेमा अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टर्माटमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने उनको भनाइ छ ।

भीमबहादुर र दुर्गामायाँ वल्लोपल्लो गाउँका हुन्। भीमबहादुर गाउँघरमा ज्याला मजदुर काम गर्ने गर्थे । उनको एक श्रीमती मात्रै छन् । यता दुर्गामायाको दुई जना छोराहरु छन् भने श्रीमतीले दोस्रो विवाह गरेर गएकी हुन्।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search