कालीकोटमा जीप दुर्घटना : ६ जनाको ज्यान गयो

कालीकोट । कालीकोटको पलाँता गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

पलाँता गाउँपालिका–३ राडुनेटामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटको जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ञ ५६ नम्बरको जीप साढे २ बजेतिर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search