एशिया कपअघि नेपाली युवा टोलीले कर्नाटकको टोलीसँग ५ खेलको शृङ्खला खेल्ने

काठमाण्डौ । एसीसी १९ वर्षमुनिको नेपाली टोलीले एशिया कपअघि भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीसँग पाँच खेलको शृङ्खला खेल्ने भएको छ ।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप मूलपानी क्रिकेट मैदानमा ५० ओभरको अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

नेपाली र कर्नाटक युवा टोलीबीचको पहिलो खेल भोलि हुनेछ । यस्तै दोस्रो खेल आउँदो शुक्रवार, तेस्रो खेल मङ्सिर २ गते, चौथो खेल मङ्सिर ४ गते र पाँचौं तथा अन्तिम खेल मङ्सिर ६ गते हुनेछ ।

यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ । युवा टोलीको कप्तानमा हेमन्त धामी छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search