अभ्यास खेलमा नेपाली युवा टोली १ विकेटले पराजित

काठमाण्डौ । भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको पहिलो खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली १ विकेटले पराजित भएको छ ।

नेपाली युवा टोलीले दिएको १ सय १४ रनको लक्ष्य कर्नाटकको टोलीले ३२ ओभरमा ९ विकेट गुमाउँदै भेटायो । कर्नाटकका रोहितले ३३ रन बनाए । नेपाली टोलीका कप्तान हेमन्त धामी र सन्तोष यादवले ३र३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाली युवा टोली २७ ओभर २ बलमा १ सय १३ रनमा अलआउट भयो । नेपालका आकाश त्रिपाठीले सबैभन्दा धेरै २७ रन बनाए । कर्नाटकको टोलीका पुथिगेले ५ विकेट लिए ।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेल्न लागेको हो । शृङ्खलाको दोस्रो खेल पर्सि शुक्रवार हुनेछ । यस्तै तेस्रो खेल मङ्सिर २ गते, चौथो खेल मङ्सिर ४ गते र पाँचौं तथा अन्तिम खेल मङ्सिर ६ गते हुनेछ ।

यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search