काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जीशान मक्सूद नेपाल आइपुगेका छन् । मक्सूदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका प्रतिनिधिले स्वागत गरेका थिए ।
३७ वर्षीय ब्याटर मक्सूदले ७३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार तीन सय ६९ रन बनाउनुका साथै ५१ विकेट लिएका छन् । यस्तै कर्णालीले अरू विदेशी खेलाडीमा विश्व क्रिकेटकै चर्चित खेलाडी भारतका शिखर धवन, वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायातलाई अनुबन्ध गरेको छ ।
कर्णाली याक्सको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र मार्की खेलाडीमा राष्ट्रिय टोलीका बलिङ अलराउन्डर सोमपाल कामी रहेका छन् ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा आठ वटा टोलीको सहभागितामा पर्सि शनिवार मङ्सिर १५ देखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपीएल हुँदैछ ।