काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका सेवाग्राहीलाई काठमाण्डौको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भीसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने परामर्श निःशुल्कमा हुने व्यवस्थासमेत गरिएको छ ।
सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भीसेजको तर्फबाट अध्यक्ष रूप नारायण शाहले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकले अस्पतालबाट प्रदान गरिने इन्टोस्कोपी, कोलोस्कोपी, ईसीजी, ईईजी, पुलमोनरी फङ्सन टेस्ट, एफएनएसी-बायोस्पी, एक्स–रे, अल्ट्रासाउण्ड, डोप्लर, कलेजो, मुटु, मृगौला, दिमाग-न्यूरो स्वास्थ्य, यूरोलोजी, सामान्य स्वास्थ्य चेकजाँच, ईसीएजओ, न्यूक्लीएर कारडियोलोजी परिक्षण, दाँत, छाला, सामान्य शल्यक्रिया, एभी फिस्टुला जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने नेपाल बैंकले जनाएको छ ।