मंसिर २७ गते देखि आठौं पा‌ङ्मा कप आमन्त्रित फुटबल प्रतियोगिता हुने

संखुवासभाको खाँदबारी नगरपालिका–४ स्थित पाङ्‌मामा आठौं आमन्त्रित पांमा कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खाँदबारी–४ स्थित लोहोरुङ क्लव पा‌माको आयोजनामा आगामी मंसिर २७ गते देखि आठौं पा‌ङ्मा कप आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । आज ९विहिबार० सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजक लोहोरुङ क्लवले फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

किरात राईहरुको मौलिक पर्व साकेला उद्यौलि पर्वको अवसरमा विगत दुई सय ८० वर्ष अघि देखि लाग्दै आएको ढाडे बजारको अवसरमा मंसिर २७ गते देखि आठौं पाङ्मा कप फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । पाङ्मा खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउन तथा स्थानीय समुदायको संस्कृतिलाई उथान एवम् प्रवर्द्धन गर्ने उद्देश्यले आठौ पा‌मा आर्मान्त्रत फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आगामी मंसिर २७ गतेदेखि पुष १ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका १० क्लबको सहभागिता रहने प्रतियोगिता सयोजक ध्यान सिह राईले बताउनुभयो ।

विजयी टिमलाई नगद २ लाख दुई हजार दुई सय २२ रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद एक लाख ११ हजार एक सय ११ सहित कप मेडलले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रलेसम्मान गरिने आयोजकले जनाएको छ । त्यस्तै गरी सेमिफाइनलमा प्रवेश गरेको दुई टिमलाई नगद २५,२५ हजार प्रदान गरिने आयोजक लोहोरुङ क्लवले जनाएको छ । फुटबल प्रतियोगितामा करिब नगद १२ लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search