नौबुँदेमा नपरेको मदन भण्डारी विश्वविद्यालय बीआरआई फ्रेमवर्कमा समेटियो

काठमाडौं । नेपाल र चीनबीच आज बुधबार सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्कमा मदन भण्डारी विश्वविद्यालय समेटिएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको वार्तापछि जारी नौबुँदे सहमति समझदारीपत्रमा त्यो हटाइएको थियो । अनि संयुक्त वक्तव्यमा पनि त्यो परेको थिएन ।

बेइजिङ स्रोतका अनुसार मदन भण्डारी विश्वविद्यालयलाई चीनले सघाउने समझदारी सहित बीआरआई सहकार्य फ्रेमवर्कमा उक्त बुँदा समेटिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search