सिंहेश्वरी माविको शैक्षिक अभिवृद्धीका लागि महायज्ञ सुरु

संखुवासभा । मकालु गाउँपालिका वडा नं. ५ नुम बजारमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धी तथा अक्षय कोष स्थापनाका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव शुक्रबार देखि विद्यालय प्रांगणमा ससुरु भएको छ । २७ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन मकालु गाउँपालिकाको अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले गर्नु भएको थियो ।

विद्यालको शैक्षिक गुणस्तर तथा अक्षय कोष स्थापनाका लागि महायज्ञको आयोजना गरिएको प्रधानाध्यापक पुर्ण बहादुर तामाङले जानकारी दिनु भयो । महायज्ञमा पंण्डित रमेश कोईरालाले कथा बाचन गर्नुहुनेछ । महायज्ञमा दाताहरुलाई विभिन्न शिर्षकमा सम्मान गर्ने आयोजकले जनाएको छ । आयोजकले पाँच सय रुपैयाँ देखि ३५ लाख रुपैयाँ भन्दा बढी दान गर्ने दाताहरुलाई १० शिर्षकमा छुट्याएर रकम अनुसारको सम्मान गर्ने भएको छ ।

दाताहरुलाई आयोजकले सहयोगका लागि अनुरोध गरेको छ । महायज्ञमा दैनिक विहान ८ बजे देखि १० बजेसम्म पाठ परायण, ११ बजे देखि ४ बजेसम्म कथा वाचन र बेलुका महात्म्य कथा, भजन कृतन साथै लिला झाँकी प्रर्दशन हुनेछ ।

महायज्ञको दोस्रो दिन आज पनि नियमित कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । महायज्ञको प्रत्यक्ष प्रशारण हेर्ने चित्रले गरिरहेको छ । महायज्ञको उद्धेश्य अनुरुप सहयोग गर्न चाहने सहयोगी दाताले प्रधानाध्यापक पुर्ण बहादुर तामाङको मोबाइल नं. ९८६६७८८८०८ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार राईको मोबाइल नं. ९८५२०५८३३२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search