यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११स्४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।

भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो । आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू १९ विश्वकप र यू १९ एसिया कपमा छनोट भएको थियो ।

यू-१९ महिला विश्वकप पनि आगामी जनवरी-फेब्रुअरीमा हुँदैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search