सिंहेश्वरी मावि नुममा आयोजित महायज्ञमा ८० लाख बढी रकम संकलन

मकालु गाउँपालिका ५ नुममा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयले आयोजना गरेको सप्ताह ज्ञान महायज्ञमा ८० लाख बढी रकम संकलन भएको छ । विद्यालयले मंगलबार आय तथा व्यय सार्वजनिक गर्दै ८० लाख ४१ हजार ९ सय ६३ रुपैंया संकलन भएको जनाएको हो । गत मंसिर २१ देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा उक्त रकम संकलन भएको प्रधानाध्यापक पुर्ण बहादुर तामाङले बताउनु भयो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा अक्षयकोष स्थापनाका लागि सञ्चालन गरिएको महायज्ञमा अविभावक, शिक्षक, बुद्धिजीवी तथा जनप्रतिनिधिहरुले दान गर्नुभएको थियो । उक्त रकमबाट ३४ लाख ८३ हजार २ सय ५१ रुपैंयाको अक्षयकोष निर्माण गरिएको छ भने ४५ लाख ५८ हजार ७ सय १२ रुपैंया विद्यालयलाई दान प्राप्त भएको प्रधानाध्यापक तामाङले बताउनु भयो । सोही दानबाट कार्यक्रम सञ्चालन खर्च बापत २३ लाख ६३ हजार ८ सय ९७ रुपैंया खर्च भएको थियो । उक्त महायज्ञमा सबैभन्दा बढी अक्षयकोष निर्माणका लागि स्थानीय युवा व्यवसायी लाल बहादुर तामाङको परिवारले ५ लाख ५५ हजार ५ सय ५५ रुपैंया सहयोग गर्नु भएको छ । सहयोगी सम्पूर्ण व्यक्ति व्यक्तित्वलाई विद्यालयको तर्फबाट आभार प्रकट गरिएको छ ।

उक्त कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरुले जिन्सी सहयोग गर्नु भएको थियो । छोटो समयमा विद्यालय शैक्षिक सुधार तथा अक्षयकोष निर्माण गर्ने उद्धेश्यले आयोजना गरिएको महायज्ञमा सहयोगीदताहरुको उत्साहजनक सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार राईले बताउनु भयो ।

सहयोगीदाताहरुको नामावली तथा वहाँहरुले दान गर्नु भएको रकम यहाँ उल्लेख गरिएको छ । पुराण सहयोग नुममा क्लिक गर्नुहोस् ।

पुराण सहयोग नुम

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search