भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै नेताहरुले शोक व्यक्त गरेका छन् ।अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले शोक व्यक्त गर्दै भारतले आफ्नो सबैभन्दा होनाहार छोरा गुमाएको बताउनुभएको छ ।
करजाईले सामाजिक सञ्जाल एक्स मार्फत शोक व्यक्त गर्दै मोहन सिंहसँगको भेटको तस्वीर पनि पोस्ट गर्नुभएको छ । यस्तै माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदले पनि उहाँलाई माल्दिभ्सको महान मित्र भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको भारतीय सञ्चार माध्ययमले बताएका छन् ।
मनमोहन सिंहको गएराति दिल्लीको एम्स अस्पतालमा निधन भएको हो । भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । उहाँको भोलि अन्तिम संस्कार गरिने खबरमा उल्लेख छ ।