संखुवासभा । कुमाल समाज नेपाल तुम्लिङटार संखुवासभाको आयोजनामा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगीता २०८१ हुने भएको छ । माघे सक्रांतिको अवसरमा सञ्चालित प्रतियागीता पौष २८ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने भएको हो ।
खेलमा प्रथम हुनेले नगद ५० हजार,दोस्रो हुनेले २५ हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने तेस्रो हुनेले १० हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । यस्तै बेष्ट किपिङ, बेष्ट डिफेन्स, बेष्ट प्लेयर र हाइ स्कोररलाई आर्कषक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा सहभागीताको लागी ३ हजार ५ सय रुपैँया दर्ता शुल्क लाग्नेछ भने टिम दर्ता पौष २६ गते बेलुकी ४ बजे सम्म गरिसक्नु पर्नेछ र खेल सुरु २८ गते विहान १० बजेबाट हुनेछ ।