एमबीबीएस पढाउने भन्दै पैसा लिएको आरोपपछि लेखा समिति सभापतिका स्वकीय सचिव पदबाट हटाइए

काठमाण्डौ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट हटाउनुभएको छ । एमबीबीएस पढाउने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको खबर सार्वजनिक भएपछि स्वकीय सचिवलाई पदबाट हटाएको सभापति पोखरेलले सङ्घीय संसद् सचिवालयलाई लेख्नुभएको पत्रमा उल्लेख छ ।

सभापति पोखरेलले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग पनि गर्नुभएको छ ।

स्वकीय सचिव पोखरेलले अग्निसाइर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबीबीएस डाक्टर पढाउने आश्वासन दिएका र चौधरीले पटक–पटक गरी ३८ लाख ८० हजार रुपैयाँ पोखरेललाई दिएको उजुरी परेको छ ।

प्रहरीले उजुरी दर्ता नगरेपछि पीडितले उच्च अदालत विराटनगरमा रिट दायर गराउनुभएको हो । अनिलकुमार पोखरेल नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search