दैलेखमा पेट्रोलियम अन्वेषणका लागि ४ हजार २ मिटर गहिरो खन्ने काम सकियो

काठमाण्डौ । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ड्रिलिङ अर्थात् गहिरो खोतल्ने काम सकिएको छ । गएको वैशाख २८ गतेदेखि शुरू गरेको ड्रिलिङ अन्तर्गत चार हजार दुई मिटर गहिरो खन्ने काम सकिएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले जानकारी दिनुभयो ।

विज्ञले प्रत्येक दुईरदुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेका छन् । ढुङ्गा र माटो परीक्षणपछि त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी तीन वटा थप अध्ययन हुनेछ ।

प्राकृतिक ग्यास हुनका लागि तय गरिएका मापदण्ड पूरा हुने सङ्केत प्राप्त भइरहेका लुइँटेलले बताउनुभयो । चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमूनाको विशिष्ट अध्ययन चीनमै गर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ । अन्तिम नतिजामा भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने लुइँटेलले बताउनुभयो ।

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search