दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ सामाजिक उत्तरदायित्वका रूपमा कर तिर्नुपर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै यस्तोे निर्णय भएको उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले जानकारी दिनुभयो । साथै मनोरञ्जन करका रूपमा हरेक टिकटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

अब उपमहानगरपालिकाले आफैँ टिकट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने मेयर खड्काले बताउनुभयो । यसअघि महोत्सव लगाउन नगरले सिफारिश दिने तर आयोजकले आफैँ टिकट काट्ने हुँदा आम्दानी नदेखाउने गर्दा करमा छली हुने अवस्था थियो । यस्तै यस वर्ष महोत्सव लगाउने जिम्मा तुलसीपुर चेम्बर अफ कमर्सलाई दिने निर्णय भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search