खेलकुद, संस्कृति र पर्यटन, सम्बृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ संखुवासभा खाँदबारी स्थीत तिनपोखरी समाज बिकास क्लवले सदरमुकाम खाँदबारीमा दोश्रो तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै क्लवका अध्यक्ष मिनेश चापागाईंले पौष २६ गते देखि माघ १ गतेसम्म फुटबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । ३ बिभागिय सहित ८ टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख २५ हजार, दितिय हुने टिमले १ लाख १० हजार र तृतिय हुने टिमले नगद २५/२५ हजार र विधागत पुरस्कार २० हजार प्राप्त गर्ने खेल संयोजक झलक कुशुलेले जानकारी दिनुभयो ।
कार्यक्रममा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख टिका गौली, लगायत जिल्ला स्थीत बिभिन्न क्लवहरुका अध्यक्ष तथा प्रतिनिधीहरु र संचारकर्मीहरुको उपस्थीति रहेको थियो । संखुवासभाको खेलकुदको क्षेत्रमा क्रियाशिल तिनपोखरी समाज बिकास क्लवले बिभिन्न दातृ निकाय र खेलप्रेमीहरुको सहयोगमा जिल्ला स्तरिय बिभिन्न प्रतियोगिताहरु बिगत लामो समयदेखि संचालन गर्दै आईरहेको क्लवका अध्यक्ष चापागाईले जानकारी दिनुभयो ।
पौष २६ देखि माघ १ गते सम्म संचालन हुने प्रतियोगिताको कुल लागत करिव १६ लाख रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले खेल क्षेत्रले जिल्लाको पर्यटन प्रवर्धन र खेलाडी उत्पादनमा योगदान पुर्याईरहेको र त्यसले जिल्लाको खेल क्षेत्र र खेलाडीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा जिल्लाको समग्र पहिचान दिलाईरहेको धारणा राख्नु भएको थियो । खेलकुदको बिकास प्रचारप्रसार, जिल्लाको बिकास निर्माण, समाजको सकारात्मक रुपान्तरणका लागि संखुवासभाका पत्रकारहरुले बिगतदेखि नै महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको भन्दै खेलको शुरुआति चरण देखि समापनसम्म नै प्रचारप्रसारको क्षेत्रमा सकेको योगदान दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।