संखुवासभा । पाँचखपन नगरपालिका १ ओक्तेनमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । एकताबद्ध देश, खेलकुदको सन्देश भन्ने मुल नाराका साथ जनकल्याण युवा क्लव ओक्तेनले प्रतियोगिताको आयोजना गर्ने भएको हो । जनकल्याण युवा क्लवको खेलमैदान उद्घाटनको अवसरमा माघ ९, १०, ११ र १२ गते प्रतियोगिता सञ्चालन गरिने क्लवका सचिव विष्णु कार्कीले बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुनेले ५३ हजार द्धितीय हुनेले ३३ हजार र तृतीय हुनेले १८ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तैसर्वोत्कृट खेलाडीले २ हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर र उत्कृष्ट सेटरले जनही १५ सय साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको द्धितीय पुरस्कार पाँचखपन २ स्याबुनका मुकुन्द दाहालले सौजन्य गरेका हुन् भने तृतयि पुरस्कार ओक्तेन कै उपेन्द्र पुरीले सौजन्य गरेका हुन् । माघ ९ गते हुने उद्घाटन खेल पाँचखपन नगरपालिकाका कर्मचारी र अतिथिबिच हुनेछ । उक्त खेलमा विजेतालाई १५ केजीको खसी प्रदान गरिने आर्थिक समिति संयोजक सुरेश पुरीले बताउनु भयो। कार्यक्रम समापनको दिन राष्ट्रिय खेलाडीहरुद्धारा सेपाकताक्रो खेल प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
खेलको प्रत्यक्ष प्रशारण हेर्ने चित्रले गर्नेछ ।