सप्ताहव्यापी योग शिविर संखुवासभामा सुरु

जिल्ला योग समन्वय समिति संखुवासाभाको आयोजनामा जिल्लाका बिभिन्न क्षेत्रमा आजबाट योग शिवीर संचालन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले आज सदरमुकाम स्थीत आयुर्बेद कार्यालयको सभाहलमा योग शिवीरको उद्घाटन गर्नू भएको थियो भने खाँदबारी ८ पाठकगाउँमा रहेको आदर्श बिद्या मन्दीर पाठक गाउँमा पनि योग शिवीर संचालन गरिएको थियो । खाँदबारी ८ मा भएको सप्ताहब्यापी योग कार्यक्रमको खाँदबारी नगरपालिकाका कार्यबाहक प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य र शिक्षा बिकास तथा समन्वय प्रमुख गोपालमान भण्डारीबाट समुद्घाटन गरिएको थियो ।

योग शिवीरमा करिव २ सय जनाको सहभागिता रहेको जिल्ला योग समन्वय समितिका संयोजक भिम बहादुर कट्टेलले जानकारी दिनुभयो । वहाँले जिल्लामा रहेका ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग समिति, जिवन बिज्ञान प्रयोगशाला, हेबेन्ली निर्माण पथ, ओसो सेवा केन्द्र, त्रिरत्न बुद्ध बिहार, गायत्री परिवार, बिश्व हिन्दु महासंघ, श्रीकृष्ण प्रणामी, नेपाल मानव धर्मसेवा समाजको संयुक्त आयोजनामा पौष २४ देखि माघ १ गतेसम्म सप्ताहब्यापी योग शिवीर संचालन गरिएको जानकारी दिनुभयो ।

खाँदबारी ७ स्थीत जिल्ला आयुर्वेद कार्यालयको सभाहल र खाँदबारी ८ स्थीत आदर्श बिद्या मन्दीर पाठक गाउँमा संचालित योग शिवीरमा देवराज गिरी, क्षितिज बराल लगायतका योग शिक्षकहरु प्रशिक्षकका रुपमा रहेका छन् ।

कार्यक्रममा योगको तौर तरिका, योगको महत्व, यसले मानवको दैनीक जिवनमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा प्रशिक्षण दिईएको योग गुरु क्षितिज बरालले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search