तिनपोखरी कप चुलाचुली झापाले जित्यो

खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा शुक्रबारबाट सुरु भएको दोस्रो “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधी चुलाचुली फुटवल क्लव झापाले जितेको छ ।

हिजो भएको फाईनल खेलमा आयोजक तिनपोखरी युवा क्लवलाई हराउँदै चुलाचुलीले उपाधि जितेको हो ।
खेलको मध्यान्तर अगाडी एक गोल अन्तरले पछि परेको तिनपोखरीले हाफ टाईम पछि खेलको लयमा सुधार ल्याउँदै एक गोल फर्काउन सफल भएपनि खेलको करिव अन्तिम २० मिनेटमा चुलालुली झापाले एक गोल थप्दै एक का बिरद्ध दुई गोल बनाउन सफल भएको थियो ।

प्रतियोगिताको विजेता चुलाचुली फुटवल क्लव झापाले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ भने आयोजक तिनपोखरीले उप विजेता बन्दै नगद एक लाख १० हजार हात पारेको प्रतियोगिता संयोजक झलकलाल कुसुलेले जानकारी गराए।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search