सभापोखरीका ५ घर आगलागि पिडितलाई राहत बितरण

संखुवासभाको सभापोखरी ६ मा बुधबार भएको आगलागि पिडितहरुलाई राहत बितरण गरिएको छ । बिहिबार जिल्ला बिपद ब्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटि, अलैंची ब्यवसायी महासंघ र बितरक संघ संखुवासभाले आगलागि पिडित पाँच घरधुरीका चार परिवारलाई नगद र राहत सामग्री बितरण गरेको हो ।

जिल्ला बिपद ब्यवस्थापन समितिकातर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले ३ परिवारलाई प्रति परिवार १५ हजार र ५ जनाभन्दा बढि सदस्य संख्या भएका एक परिवारलाई नगद २० हजार बितरण गरेका थिए । त्यसैगरि नेपाल रेडक्रस सोसाईटि संखुवासभाका कोषाध्यक्ष सल्यान नेपालीले रेडक्रसका तर्फबाट त्रिपाल, कम्बल, भाँडाकुडा, लत्ताकपडा लगायतका सामग्री बितरण गरेका थिए ।

त्यसैगरि बितरक संघ संखुवासभाको तर्फबाट प्रतिनिधी सुबास कालाखेतिले सभापोखरी गाउँपालिका अध्यक्ष भिम लिम्बु, उपप्रमुख लक्ष्मी चापागाईं, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य सहितको उपस्थीतिमा प्रतिघर १२ हजार १ सय ११ रुपैयाँका दरले सहयोग रकम प्रदान गरेका थिए भने अलैंची ब्यवसायी संघले ११ हजार पिडित परिवारलाई हस्तान्तरण गरेको रेडक्रसका कार्यालय प्रमुख लक्ष्मी कार्कीले जानकारी दिए ।

राहत हस्तान्तरण कार्यक्रममा सभापोखरी गाउँपालिकाका अध्यक्ष भिम लिम्बुले यस दुखद घडिमा पिडितलाई सहयोग गर्न सबै समक्ष आग्रह गरेका छन् । दैवीप्रकोप जुनसुकै समयमा जसलाई पनि पर्न सक्ने भएकाले पिडितको राहत र पुनस्र्थापनाका लागि सबैको सहयोग आवश्यक भएकोमा जोड दिएका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search