अर्वुद रोग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा संयुक्त चेतनामुलक कार्यक्रम सञ्चालन

विश्व क्यान्सर दिवसका अवसरमा खाँदबारीमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल अर्बुद रोग निवारण संस्था र खाँदबारी युथ क्लबको संयुक्त आयोजनामा क्यान्सर बिरुद्ध जनचेतनामुलक छलफल तथा खाँदबारी पोखरी पार्कमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका पमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले पछिल्लो समय क्यान्सर रोग हर समुदाय र टोल टोलमा फैलिरहेकाले सचेतना जगाउन आवश्यक भएको बताउनु भयो । शाक्यले अहिले नेपालमा ४२ हजार बढि क्यान्सरका बिरामि रहेको र २२ प्रतिशत क्यान्सरको कारण सुर्ति सेवन रहेको, अब्यवस्थित खानपान र ब्यायाम अर्थात शारिरिक श्रम अभावका कारण ५ देखि १० प्रतिशत क्यान्सर र बंशानुगत कारणबाट पनि ५ देखि १० प्रतिशत मानिस क्यान्सर पिडित हुने गरेको आँकडा प्रस्तुत गर्दै यो रोगबाट बच्न नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले क्यान्सर रोग समयमा पहिचान गरि उपचार गर्न सकिए एक सामान्य रोग भएपनि वेवास्ता गर्दा ठुलो रकम खर्च गर्नु परेकाले सिंगो परिवारले पीडा र आर्थिक भार ब्यहोर्न परिरहेको बताउनु भयो । प्रजिअ खड्काले क्यान्सर रोगको न्युनिकरणका लागि सबै पक्षको सहकार्य आवश्यक भएको अभिब्यक्ति राख्दै क्यान्सरबाट बच्न अपनाउनु पर्ने सावधानिपुर्ण नियमको पालना गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत रोषण श्रेष्ठले क्यान्सर रोगको अवस्था र बच्ने उपायबारे जानकारी गराउँदै पाठेघरको मुखको क्यान्सर बिरुद्ध माघ २७ गते देखि संखुवासभामा निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन गरिने जानकारी गराउनु भयो । अधिकृत श्रेष्ठले नेपालमा महिलामा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले एचपीभी खोप अभियान सञ्चालन गरिएकाले विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालबालिकालाई अनिवार्य एचपिभी खोप लगाउने वातावरण मिलाउन सबै पक्षलाई आग्रह गर्नुभयो ।

अर्बुद रोग निवारण संस्थाका सचिब तथा खाँदबारी युथ क्लबका महासचिब सुरेन शाक्यले संचालन गर्नुभएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका सभापति अर्बुद रोग निवारण संस्थाका जिल्ला सभापति कृष्णराज शाक्यले सबैको सहकार्य र सामुहिक प्रयत्नले मात्रै क्यान्सरसंग लड्न सकिने धारणा राख्नु भयो ।

खाँदबारी पोखरी पार्कमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा, जिल्ला समन्वय प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी बिनोद खड्का, डिएसपी दक्ष कुमार बस्नेत, जिल्ला अनुशन्धान कार्यालय प्रमुख उमेश पाण्डे, काँग्रेस पुर्व जिल्ला सभापति दीपन कुमार श्रेष्ठ, रेडक्रसका जिल्ला सभापति सरोज बज्राचार्य, पत्रकार महासंघका अध्यक्ष, नेपाल आदिवासि जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष मेघराज तामाङ, पत्रकार महासंघ कोशि प्रदेश सदस्य ईन्द्र गिरी, प्रेस चौतारि नेपालका जिल्ला अध्यक्ष जनक चापागाईं, प्रेस सेण्टरका जिल्ला अध्यक्ष अनिष बिष्ट, मकालु अनलाईनका प्रधान सम्पादक ध्यान बहादुर कुलुङ्, नागरिक चासो डटकमका कार्यकारी सम्पादक खेवाहाङ मेवाहाङ्, उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, संबृद्ध बहुउदेश्यिय सहकारीका अध्यक्ष बिजय कालधन, खाँदबारी युथक्लबका पदाधिकारी, सदस्यहरु, लगायत जिल्लाका कृयासिल पत्रकार, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष लोकदर्शन शाक्य, मोवायल ब्यवसायि संघका पदाधिकारि लगायत स्थानिय उद्योगी ब्यवसायिहरुको उपस्थिति रहेको थियो ।

बिगत केही बर्ष देखि अर्बुद रोग निवारण संस्था र खाँदबारी युथ क्लबले संयुक्त रुपमा संखुवासभामा क्यान्सर बिरुद्ध जनचेतनामुलक कार्यक्रम हरु आयोजना गर्दै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search