सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६५ रुपैयाँमा कायम भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search