नेपाल किसान महासंघ संखुवासभाको प्रथम अधिवेशन सम्पन्न

नेपाल किसान महासंघ संखुवासभाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । खाँदबारीमा सम्पन्न अधिवेशनले सन्तोष वस्नेतको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरेको छ । वस्नेत पाँचखपन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै उपाध्यक्षहरुमा भिम कुमार तामाङ, लक्ष्मी कार्की ढाली, सचिवमा राम कुमार कार्की, सहसचिवमा जीत बहादुर गुरुङ चयन हुनु भएको छ ।

नेपाली कांग्रेसको भाृ संस्थाको रुपमा रहेको किसान महासंघले कृषक र कृषिमा आवद्धतालाई सहयोग तथा हकहितको निम्ति काम गर्दै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search