नेपाल रेडक्रस सोसाइटी चैनपुर उपशाखा स्तरीय आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

नेपाल रेडक्रस सोसाइटी चैनपुर उपशाखा स्तरीय आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जलजले इङलिस स्कुल पोखरी सर्कलको आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा १२ वटा सर्कलहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा जलजले इङलिस स्कुल चैनपुर ५ पोखरी प्रथम, ज्वालामुखी आवि याङसीजुङ चैनपुर १ नुनढाकी द्धितीय र सर्वमंगला आवि रातमाटे चैनपुर ३ तृतीय भएको छ । बिजेता सर्कलहरुलाई क्रमश ३ हजार, १ हजार पाँच सय र १ हजार साथमा प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्ण कुमार तामाङ रहनु भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search