पाँचखपन । पाँचखपन नगरपालिका वडा नं. ७ का ४५ घर परिवारलाई स्वाच्छ खानेपानी हस्तान्तरण गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा एक घर एक धारा अभियान अन्तर्गत खानेपानी हस्तान्तरण गरिएको हो ।
गोर्खा वेलफेयर ट्रष्ट र पाँचखपन नगरपालिकाको साझेदारीमा आयोजना सञ्चालन गरिएको थियो ।
चिङ्खुवा–गुफाटार खानेपानी उपभोक्ता खानेपानी तथा सरसफाई समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विपिन राई, उपप्रमुख सुमुना श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष विष्णु कुमार श्रेष्ठ, वडा नं. ७ का वडा अध्यक्ष सन्तोष वस्नेट गोर्खा वेलफेयर ट्रष्टका प्रतिनिधि पद्म बहादुर तामाङ लगायत स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।











