पाँचखपन १ मा १० ओटा हाते ट्याक्टर वितरण

पाँचखपन नगरपालिका वडा न्रं. १ का कृषकलाई १० ओटा हाते ट्याक्टर वितरण गरेको छ । शुक्रबार वडा कार्यालय परिसरमा १० ओटा टोल विकास संस्थाका प्रतिनिधिहरुलाई प्रविधि हस्तान्तरण गरिएको वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले बताउनु भयो ।

चालु आर्थिक वर्षमा वडा कार्यालयद्धारा विनियोजित ५ लाख रुपैंया बजेटबाट प्रविधि हस्तान्तरण गरिएको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search