रोमानियामा राष्ट्रपति पदका लागि भएको पहिलो चरणको चुनावमा राष्ट्रवादी जर्ज साइमनले जित्नुभएको छ । पहिलो चरणमा ४० प्रतिशत मत पाउने उहाँ दोस्रो कार्यकालका लागि प्रस्ट दाबेदार हुनुहुन्छ ।
बुखारेस्टका लिबरल पार्टीका मेयर निस्र डान सरकार र गठबन्धनका उम्मेदवार क्रिन एन्टेनकउसले समान २१ प्रतिशत मत पाउनुभएको बीबीसीले जनाएको छ ।
हिजो भएको चुनावपछि साइमनले सबैलाई धन्यवाद दिँदै यो परिणामलाई विश्वास र एकबद्धताको प्रतीकको रूपमा लिएको बताउनुभयो । साइमन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुनुहुन्छ । उहाँले आफू राष्ट्रपति भएमा नाटोको उपस्थिति बलियो हुने बताउनुभएको छ ।
रोमानियाको यो चुनावलाई युरोपेली युनियन, अमेरिका, युक्रेन र रुसमा चासो पूर्वक हेरिएको थियो । युक्रेनमा जाने धेरै हतियारको ट्रान्जिट रोमानिया हो । रोमानियामा अमेरिकी मिसाइल सिल्ड छ । साथै नाटोका विमान युक्रेनको सीमा, माल्डोभा र ब्ल्याक सीमा जाने विमान उड्ने तीन एअरबेस छन् ।
यसैबीच ६ महिनाअघि रोमानियामा भएको चुनाव विवादमा सकिएको थियो । त्यतिबेला कालिन अजेउस्काउले आश्चर्यजनक रूपमा सफलता पाउनुभएको थियो तर चुनाव परिणामलाई रुसी हस्तक्षेप र धाँधली भन्दै अस्वीकार गरिएको थियो ।