संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू, राष्ट्रियसभामा प्रधानमन्त्रीले भोलि जवाफ दिने

काठमाण्डौ । प्रतिनिधिसभामा आउँदो आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल शुरू भएको छ ।

आजको बैठकको शुरूमै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा समावेश नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने कार्यसूची छ ।

आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

राष्ट्रियसभामा भने नीति तथा कार्यक्रममाथिको छलफल हिजैदेखि शुरू भइसकेको छ । राष्ट्रियसभामा आज र भोलि नीति तथा कार्यक्रममाथि छलफल हुने र नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्री ओलीले भोलि नै जवाफ दिने कार्यसूची रहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search