काठमाण्डौ । हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ पूर्णरुपमा खुलेको छ । हिजो बेलुकादेखि अवरुद्ध सडक आज बिहान नौ बजेपछि खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो पानी परेर आएको बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो ।
सडक सञ्चालनमा आएसँगै गाडी आवतजावतमा सहज भएको छ ।