मकवानपुरको भीमफेदीमा खोलामा डुबेर किशोरको ज्यान गयो

कवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-८ कोगटे खोलामा डुबेर एक किशोरको ज्यान गएको छ ।

खोलामा पौडी खेल्ने क्रममा काठमाण्डौ महानगरपालिका-१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका नामसोजलाई उद्धार गरी सिस्नेरीमा रहेको स्वास्थ्यचौकीमा ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search