सुनसरी–मोरङ औद्योगिक करिडोरको तिरुपती उडप्यानल उद्योगमा आगलागी

काठमाण्डौ । सुनसरी–मोरङ औद्योगिक करिडोरको तिरुपती उडप्यानल उद्योगमा आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिका–१२ मा रहेको उद्योगमा गएराति साढे २ बजेदेखि लागेको आगो अहिले पनि निभ्न सकेको छैन ।

आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत ठाउँका १६ वटा दमकलको प्रयोग गरिएको छ । भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको प्रारम्भिक अनुमान छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search