दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका-६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गर्ने क्रममा ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ । त्यस्तै एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
ढुङ्गाले लागेर ज्यान गुमाउनेमा ७० वर्षीय कालु जोशी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिनुभयो ।
बाटोमा हिँडिरहेका जोशीलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो । त्यस्तै ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते हुनुभएको छ । उहाँलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।