काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल चलिरहेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।
भिजिट भिसाको विषय उठाउँदै विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । उनीहरूले हिजोको संसद् बैठक चल्न दिएनन् । आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक अहिलेसम्म शुरू हुन सकेको छैन ।
अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
सरकारले भोलि संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा विपक्षीको अवरोध हटाउन सरकारमाथि दबाव छ ।