काठमाण्डौ । सुनको भाउ आज एकैदिन एक हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ८७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार तीन सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच रुपैयाँ रहेको थियो ।