काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । राजावादीको आन्दोलनमा सहभागी पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले बालुवाटरतर्फ अघि बढ्नका लागि निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । थापासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ । आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत दलहरू समर्थनसहित सहभागी भइरहेका छन् ।
आन्दोलनकारीहरूले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत माग राखेका छन् ।