फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ बालाजुमा सकुशल फेला

काठमाण्डौ । फेसबुकमा ‘अलबिदा’ सहित सन्देश लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिनुभएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार डा. श्रेष्ठ केहीबेरअघि एक रिसोर्टमा भेटिनुभएको हो । डा. श्रेष्ठ आज बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन हुनुभएको थियो ।

डा. श्रेष्ठको अन्तिम लोकेशन चावहिल क्षेत्र देखिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरुवा गराएकोलगायतका विभिन्न आरोप लगाउनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search