लमजुङ । मनाङ र लमजुङ जोड्ने बेंसीशहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ । यो सडक खण्डअन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा आज बिहान पहिरो खसेको हो ।
पहिरोले गाडी चल्न नसकेका डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध हुँदा गाडी र यात्रु बाटोमै अलपत्र परेका छन् ।पहिरो ठूलो भएकाले खुलाउन समय लाग्ने उहाँको भनाइ छ ।