सुनसरीमा मोटरसाइकल एक आपसमा ठोक्किंदा ३ जनाको ज्यान गयो, २ जना घाइते

सुनसरी । रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीनजनाको ज्यान गएको छ । अरू दुई जना गम्भीर घाइते भएका छन् । को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपासमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको ज्यान गएको हो ।

दुर्घटनामा ३४ वर्षीय इनर्चन चौधरी, उहाँका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादवको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । घाइते दुईजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search