काठमाण्डौ । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ ।
फिफा वरीयतामा सार्क देशका श्रीलङ्का बाहेक सबैको स्थान खस्किएको छ । श्रीलङ्का चार स्थान सुधार गर्दै १ सय ९६औं स्थानमा आइपुगेको छ । भारत ६ स्थान तल झर्दै १ सय ३३, माल्दिभ्स सात स्थान तल झर्दै १ सय ७१, बङ्गलादेश एक स्थान तल झर्दै १ सय ८४, भूटान चार स्थान तल झर्दै १ सय ८६ र पाकिस्तान तीन स्थान तल झर्दै २ सय १औं स्थानमा छन् ।











