चितवनको माडीमा करेन्ट लागेर गैंडाको मृत्यु

चितवन । चितवनको माडी नगरपालिका–२ भैरवपुरमा खेती जोगाउन भन्दै छाडिएको करेन्ट लागेर दुलर्भ एकसिङे गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार किसानले खेतमा करेन्ट छाडेको ठाँउमा गैंडा पुग्दा करेन्ट लागेर मृत्यु भएको हो ।

गैंडाको बारेमा थप विवरण खुल्न बाँकी छ । चालु आर्थिक वर्षमा मानवीय लापरबाहीका कारणले मृत्यु हुने यो नै पहिलो गैंडा हो । गत आर्थिक वर्ष २८ वटा गैंडा मृत फेला परेका थिए । तीमध्ये एक गैंडा करेन्ट लागेर मरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search