इजिप्टमा निर्मित विश्वकै ठूलो सङ्ग्राहलयको आज उद्घाटन हुँदै

इजिप्टको गिजामा निर्मित विश्वकै सबैभन्दा ठूलो सङ्ग्राहलय ग्रान्ड इजिप्शन म्यूजियम आज खुल्ने भएको छ । संसारका सात आश्चर्यमध्ये एक रहेको इजिप्टको विशाल पिरामिड नजिकै निर्मित संग्राहलय फ्रान्सको लूभ्र सङ्ग्रहालयभन्दा दुई गुना ठूलो ठाउँमा फैलिएको छ ।

झन्डै एक सय २० एकर अर्थात् पाँच सय वर्गमिटर क्षेत्रमा फैलिएको यो सङ्ग्रहालयमा झन्डै एक लाख वटा विभिन्न कलावस्तु रहने बीबीसीले जनाएको छ । जहाँ किशोर सम्राट टूटन्कामनको सुनौलो मुखुण्डोसहित उहाँको समाधिस्थलमा फेला परेका तर यसअघि नदेखिएका वस्तुहरू पनि हुने छन् ।

सङ्ग्रहालयमा चार हजार छ सय वर्ष पुरानो राजा खुफुको सौर्य डुङ्गा हुने छ । जुन संसारको सबभन्दा प्राचीन र राम्ररी संरक्षित पानीजहाजमा पर्छ । यस्तै सङ्ग्राहलयमा तीन हजार दुई सय वर्ष पूरानो रामसीस महान्को विशाल मूर्ति पनि हुनेछ ।

सङ्ग्राहलयमा सात हजार वर्षसम्म पुराना वस्तुहरू अवलोकन गर्न पाइने छ । सन् २००२ मा घोषणा गरेको र सन् २०१२ मा खुल्ने भनिएको सङ्ग्रहालयको निर्माण लागत, राजनीतिक अस्थिरता, कोभिड महामारी तथा क्षेत्रीय तनावजस्ता कारणले ढिला भएको थियो । लामो प्रतिक्षापछि आज खुल्न लागेको हो ।

एक अर्ब २० करोड अमेरिकी डलर लागत रहेको यो परियोजनामा लागतको ठूलो हिस्सा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले ऋणका रूपमा उपलब्य गराएको छ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मद्बुलीले यो संग्राहलय संसारलाई इजिप्टको उपहार भन्दै यसबाट इजिप्शन संस्कृतिको प्रमुखता तथा प्रभाव देखाउने छ ।

अर्थतन्त्रलाई उकास्ने विस्वास रहेको बताउनुभएको छ । इजिप्ट सरकारले सङ्ग्राहलयको उद्घाटनका दिन शनिवार सार्वजनिक विदा दिएको छ । बीबीसीले आफ्नो लेखमा ग्रान्ड इजिप्शन म्यूजियमको उद्घाटन इतिहास संरक्षणसँग मात्र नभई खोजको केन्द्रका रूपमा इजिप्टको भविष्यसँग पनि जोडिएको भन्दै पुरातत्वमा नयाँ युग शुरु भएको उल्लेख गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search