थापाथलीमा रहेको सम्पदा क्षेत्रका अनधिकृत संरचनामा महानगरले डोजर चलायो

काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले थापाथलीको राम मन्दिर परिसरमा अवैध रूपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरेका संरचनाहरूमा महानगरले डोजर चलाएको हो । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध भौतिक संरचना भत्काएको जनाएको छ ।

यसैबीच महानगरपालिकाले राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ । सम्पदा क्षेत्र खाली गराउने अभियानमा रहेको महानगर प्रहरी बिहानै डोजरसहित प्रभागमा पुगेको थियो ।

महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भए पनि प्रभाग नभत्काइने महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले बताउनुभयो । प्रहरीहरूलाई बस्नसमेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उहाँले बताउनुभयो ।

सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै महानगरले हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search