मन्त्री घिसिङको प्रतिबद्धतासँगै बञ्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हट्यो

काठमाण्डाै । काठमाण्डौ उपत्यकाको फोहोर विसर्जन गर्ने ठाउँ बञ्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हटेको छ । शहरी विकासमन्त्री कुलमान घिसिङ आज बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पुगी स्थानीय बासिन्दासँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो ।

अहिले फोहोर बोकेका गाडी ल्यान्डफिल साइटमा गइरहेका छन् । फोहोर बोकेर काठमाण्डौ उपत्यकाबाट गएका गाडी स्थानीय बासिन्दाको अवरोधका कारण चार दिनदेखि सडकमै रोकिएका थिए ।

यसअघि २०७९ सालमा सरकार र स्थानीयवासीबीच भएको १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले आक्रोश पोख्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । स्थानीय बासिन्दासँगको छलफलमा मन्त्री घिसिङले आश्वासन मात्र नभई कार्यान्वयन नै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री घिसिङको सचिवालयका अनुसार विवाद समाधानका लागि एक समिति पनि बनाइने छ । समितिमा काठमाण्डाै महानगरपालिका, शहरी विकास, प्रभावित पालिका र बासिन्दा रहने छन् । यस्तै ल्यान्डफिल साइट क्षेत्रमा बत्तीको व्यवस्थापन पनि गरिने छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search