‘ईसाईहरूको हत्या’ नरोकिए नाइजेरियामा सैन्य कारबाही गर्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम अफ्रिकी देश नाइजेरियामा सैन्य कारबाहीको धम्की दिनुभएको छ । नाइजेरियाले ईसाईहरूको हत्यालाई रोक्न असफल भएमा छिटै सैन्य कारबाहीका लागि तयारी गर्न ट्रम्पले रक्षा विभागलाई आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यदि ईसाईहरूको हत्या नरोकिए नाइजेरियालाई दिइने सबै सहायता र सहयोग बन्द गर्ने चेतावनी पनि दिनुभएको छ । यदि अमेरिकाको तर्फबाट कुनै आक्रमण भयो भने ईसाईहरूमाथि भएको आतङ्कवादी आक्रमण जस्तै द्रूत, निर्णायक र निर्दयी हुने उहाँले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा उल्लेख गर्नुभएको छ ।

यसैबीच नाइजेरियाली राष्ट्रपति बोला अहमद टिनुबुले अमेरिकी राष्ट्रपतिको आरोपलाई पूर्णरूपमा अस्वीकार गर्दै देशमा कुनै पनि धार्मिक समूहको सङ्गठित उत्पीडन नभएको दाबी गर्नुभएको खबरमा उल्लेख छ ।

ट्रम्पले भने नाइजेरियामा ईसाईहरूको हत्या भइरहेको र उनीहरूको अस्तित्व खतरामा रहेको जिकिर गर्नुभएको छ । धार्मिक हिंसा र आतङ्कवादी आक्रमणका घटनाहरू निरन्तर बढिरहँदा अमेरिकी प्रशासनले नाइजेरियालाई विशेष निगरानी सूचीमा समावेश गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search