केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

काठमाण्डाै । न्युजिल्यान्डका ब्याटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय विलियमसनले सन् २०११ को अक्टोबरमा डेब्यु गरेदेखि न्युजिल्यान्डका लागि ९३ टी–२० क्रिकेट खेलेका छन् ।

केन विलियमसनले ९३ खेलमा ३३ दशमलव ४४ को औसतमा १८ अर्धशतकसहित २ हजार ५७५ रन बनाएका छन् । उनले ७५ खेलमा कप्तानी गर्दै सन् २०१६ र २०२२ को टी–२० विश्वकपको सेमिफाइनल तथा २०२१ को फाइनलसम्म पुर्‍याएका थिए ।

क्रिकेटको सबैभन्दा छोटो फम्र्याटबाट सन्न्यास लिएका विलियमसनले एकदिवसीय र टेस्ट क्रिकेटलाई भने निरन्तरता दिनेछन् । विलियमसनले सीमित ओभरको क्रिकेटको कप्तानी मिचेल सान्टनरलाई हस्तान्तरण गरिसकेका छन् । यस्तै टी–२० टोलीमा उनको ठाउँमा रचिन रविन्द्रले खेलिरहेका छन् ।

विलियमसन न्युजिल्यान्डका लागि सबै फम्र्याटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३७३ खेलमा ४८ शतक र १०२ अर्धशतकसहित १९ हजार १०७ रन बनाएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search