काठमाण्डाै । हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै विकेट लिने दुवैमा नेपाली खेलाडी रहेका छन् । ब्याटिङतर्फ सन्दीप जोराले ५ खेलमा ८८ को औसतमा १ सय ७६ रन बनाए । यस्तै बलिङतर्फ राशिद खानले ५ खेलमा ११ दशमलव ३३ को औसतमा ९ विकेट लिए । राशिदले अफगानिस्तानसँगको एकै खेलमा ४ विकेट लिएका थिए ।
१२ वटा टोली सहभागी प्रतियोगितामा नेपाल ११औं स्थानमा रह्यो । नेपालभन्दा पछि भारत रह्यो । नेपालले प्रतियोगितामा एकमात्र जीत निकाल्ने क्रममा भारतलाई हराएको थियो । यसैबीच कुवेतलाई ४३ रनले हराउँदै पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले छैटौं पटक हङकङ सिक्सेसको उपाधि जितेको हो ।











