आज विश्व निमोनियाविरुद्धको दिवस : रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड

काठमाण्डौ । आज विश्व निमोनियाविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । निमोनियाबारे चेतना फैलाउने कार्यक्रम र गतिविधिका साथै बालबालिकाको मृत्युदर घटाउने तथा निमोनिया रोकथाम एवम् सशक्त स्वास्थ्य प्रणालीमा जोड दिएर दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसको अवसरमा नेपाल सरकारले रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ । ‘बालबालिका बचाऔँ, सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवम् स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

निमोनिया बालबालिकाको ज्यान जाने प्रमुख कारणमध्ये एक हो । निमोनिया विशेषगरी फोक्सोसँग सम्बन्धित समस्या हो । डाक्टरका अनुसार भर्खर जन्मिएकादेखि दुई वर्षसम्मका शिशु, ६५ वर्ष वा त्योभन्दा बढी उमेर समूहका मानिस, कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिलगायतलाई यसको जोखिम उच्च हुन्छ ।

सरकारले निमोनिया नियन्त्रण तथा रोकथामका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम नागरिकलाई रोगको जोखिम र रोकथामबारे सचेत गराउनुपर्नेमा जोड दिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search